समाचार १० माघ २०७९
देउवालाई संसद सचिवालयले पठाएको पत्रप्रति नेमकिपाको आपत्ति

ओमकार टाइम्स

संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सम्बोधन गरेर पत्र पठाएकोप्रति नेमकिपाले आपत्ति जनाएको छ ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाको सांसद प्रेम सुवाललेसंघीय सांसदका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ दफा २ को (ङ) ४ अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेस प्रमुख विपक्षी दल हुने अवस्था नभएको बताए ।

उनले भने, ‘संसदले बनाएको कानुन संसद्भित्र कार्यान्वयन नभएमा देशमा अन्य कानुन कार्यान्वयन हुनेमा अपेक्षा गर्न सकिँदैन । यसले देशमा अराजकता बढ्नेछ । संसद सचिवालयले शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेता सम्बोधन गरि पठाएको विषयमा तथ्य चाहिन्छ ।’

प्रतिक्रिया