वेस्ट इन्डिजसँग हार बेहोर्ने क्रममा युगान्डाले एउटा खराब कीर्तिमान आफ्नो नाममा दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा युगान्डा वेस्ट इन्डिजसँग १ सय ३४ रनको विशाल अन्तरले पराजित भएको हो ।>
>>>>
वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा टोली १२ ओभरमा मात्र ३९ रनमा अल–आउट बनेको हो । टोलीका लागि जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।>
योसँगै युगान्डाले आईसीसी पुरुष टी–२० विश्वकपमा सबैभन्दा कम स्कोरको रेकर्ड बराबरी गरेको छ । यसअघि नेदरल्याण्ड्सले सन् २०१४ मा श्रीलंकाविरुद्ध ३९ रन नै बनाएको थियो । >
यता, १ सय ३४ रनको जित रनको हिसाबले टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजको सबैभन्दा ठुलो अन्तरको जित हो । यसअघि टोलीले पाकिस्तानलाई ८४ रनले हराएको थियो ।>
खेलमा ५ विकेट लिएका अकिल होसेनले टी–२० मा वेस्ट इन्डिजका लागि दोस्रो उत्कृष्ट प्रदर्शन गरेका छन् । ४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चेर ५ विकेट लिए ।>>