राष्ट्रिय समाचार १६ असोज २०७९
आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

ओमकार टाइम्स

काठमाडौं । आइतबार देशका तीन प्रदेशमा हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहँदा देशभर आंशिकदेखि सामान्य बदली छ।

प्रतिक्रिया

सम्बन्धित समाचार