खेल २६ जेठ २०८१
रोमाञ्चक खेलमा बंगलादेश विजयी, श्रीलंकाको दोस्रो हार

ओमकार टाइम्स

टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।

जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए । 

विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए ।

मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए । श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए । वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए ।

प्रतिक्रिया