मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

पत्र-पत्रिका १४ फाल्गुन २०८०
प्रचण्ड र ओली निरन्तर संवादमा

ओमकार टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् । 

त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ ।  एमालेका एक नेताले प्रधानमन्त्री दाहालले 'ललिपप' देखाइरहेको बताएका छन् । 'कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन,' ती नेताले भने । कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आङ्कलन छ । एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबिच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार