कोरोना त्रास: झापामा केही निजि बिद्यालयहरु भर्ना अभियानमा व्यस्त

सुमित भण्डारी

कोरोना भाइरसका कारण विश्व आतंकित भइरहेको बेला झापाका केही निजी बिधालयहरु भनें विद्यार्थी भर्ना अभियानमा केन्द्रित देखिएका छन् । छिमेकी मुलुक चाइना बाट शुरु भएको कोरोना भाइरस विश्व भरी त्रासको विषय भएको छ । मुलुक भित्र कोरोना भाइरसको संक्रमण हुन नदिन सम्पुर्ण सरकारी संयन्त्र त्यस तर्फ केन्द्रित छ भने सिंगो नागरिक समाज जटिल परिस्थितिको अन्त्य कहिले होला भनेर प्रतीक्षारत छ।

 

निजि तथा सरकारी सवै संयन्त्रहरु यस जटिल मोडको सामना गर्न लागि परेको बेला झापाका केही बिधालयहरु भने संक्रमण कालको फाइदा उठाउदै विद्यार्थी तान्न लागि परेका छन् । कोरोनाको त्रासको कुनै पर्वाह नै नगरी उनीहरुले बिद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । सरकारले मंगलबार बाट मुलुकलाई लक डाउन गरेको छ । वार्षिक परिक्षा समेत सम्पन्न नभइ बिधालयहरु अनिश्चितकालका लागि बन्द भएको परिस्थिति एकातिर छ भनें अर्को तिर सरकारले विषेश परिस्थिति बाहेकको समयमा घर बाट बाहिर ननिस्किन कडाइ गरिरहेकोे छ । मुलुक विषम परिस्थितिमा गुज्रिरहेकोे बेला वाल्मीकि एजुकेशन फाउन्डेसन बिर्तामोड, गोमेन्द्र विर्ता मोडल सेकेन्डरी स्कुल, अनार्मनी लिबर्टी लगायतका बिधालयहरु भर्ना अभियानमा निकै सकृय रहेकोे पाइएको छ ।

 

कोरोना भाइरसको संक्रमण रोक्ने हदै सम्मको प्रयासमा सवै तिर बाट सरकारलाई साथ र सहयोग आइ रहेकोे बेला उनीहरु भने सरोकारवालाहरु विच निकै आलोचित बनेका छन् ।

 

इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडा आफ्नो फेसबुक वालमा लेख्छन् , ‘येस्तो संकटमा बाल बच्चाको स्वास्थ्यमा खेलवाड गर्दै सरकार र प्याब्सनको निर्देशन अवज्ञा गर्दै त्रासदी फैलाउने निजि स्कुललाइ यो समाज ले के भन्नू पर्ला??र सरकारले के गर्नु पर्ला?’

 

खतिवडा भन्छन्, ‘संकटकालको अवज्ञा स्वरुप नियमत एक महिना जेल र स्वीकृति रद्द हुनु बान्छनिय हुन्छ।’

 

त्यस्तै शेखर ढुंगाना फेसबुक प्रतिक्रियामा लेख्छन्, ‘कोरोना जोखिमको पुरा ग्यारेन्टी दिनसक्छ्न यी स्कुलले ? नसक्ने भए मान्छे भेला गर्ने उर्दि कानुन बिपरित छ । कार्बाही गरियोस।’

Facebook Comments

                     

अरुपनि