पोखरामा क्वारेन्टाइनमा राखेको एक नेपालीको मृत्यु

काठमाडौं । भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जना नेपालीको पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपाली भएको प्रहरीले जनाएको छ । उनी १२ दिनअघि भारतको हैदराबादबाट नेपाल फर्किएका थिए ।

 

 

नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।उनलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो ।  उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । तर, अबेरसम्म पनि नउठेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

 

 

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

Facebook Comments

                     

अरुपनि