राजनीतिक पहुँचका आधारमा भेदभाव गरेको छैन, प्रदेशको सन्तुलित विकासका लागि सरकार प्रतिबद्ध छ- मन्त्री कार्की

बिराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा सन्तुलित विकासका योजना अघि सारेको बताउनुभएको छ ।

 

मन्त्री कार्कीले राजनीतिक पहुँचका आधारमा कुनै भेदभाव नगरेको बताउनुभयो । प्रदेशको सन्तुलित विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले प्राथमिकताका आधारमा विकास बजेटलाई परिचालन गरेको उल्लेख गर्नुभयो ।

 

प्राविधिक र कर्मचारी अभावका कारण यो वर्ष लक्ष्यमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षको ८ महिनामा शत प्रतिशत विकास बजेट खर्च गर्ने गरी काम गर्ने दाबी गर्नुभयो ।