जनअन्दोलनको झझल्को दिने गरि आज पनि रबि लामिछानेको समर्थनमा उर्लियो जनसागर


चितवन । पत्रकार रवि लामिछानेको समर्थनमा आज पनि चितवनमा प्रदर्शन सुरु भएको छ ।बिहीवार साँझ अनुसन्धानका लागि भनेर प्रहरीले अचनाक अाएर पक्राउ गरी चितवन लगेपछि शुक्रवार (हिजाे) बिहानदेखि नै उहाँका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।
उहाँको कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले पक्राउ गरेको भनेर समेत कयाैँले उक्त प्रक्रिया उचित नभएकाे बताएका छन् ।

 

 

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकारणमा पक्राउ गरेको थियो ।

 

शुक्रबार (हिजाे) चितवन जिल्ला अदालतले घटनाबारे अनुसन्धान गर्न बिहीवार(अस्ती) देखि लागुहुने गरी ५ दिनका लागि हिरासतमा राख्न आदेश जारी गरेको थियो ।

 

आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेललार्इ प्रहरीले न्युज ट्वान्टी फोको काठमाडौंको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो । त्यसैगरी प्रहरीले कलंकीबाट रितु कार्की समेतलाई पक्राउ गरी बिहीबार अबेर चितवन पुर्याएको थियो ।

 

प्रहरीले साउन २१ मा चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियो लामिछाने, कँडेल र कार्कीको नाम भएको जनाउँदै आएको छ ।

 

बिहीवार साँझ कार्यक्रमको पूवसन्ध्यामा प्रहरीले उहाँको कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ शाखाहरुले आपत्ती जनाएका छन् ।

 

बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा ठुलो सङ्ख्यामा आएका प्रहरीहरूले सञ्चार गृहको सम्बन्धित अधिकारीहरूलाई कुनै पूर्व सूचना नदिई र बिना अनुमति अचानक कार्यकक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरेर लगेको थिए ।

Facebook Comments

                     

अरुपनि