माईत आएकी छोरीचेलीलाई भुलेर पनि बुधाबारको दिनमा घर नपठाउनुहोस : शास्त्र


बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:

 

  • बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।
  • बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
  • जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
  • बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

शास्त्रले भन्छ बुधबारको दिन आफ्नो घर छोडेर माईत आएकी स्त्रीलाई घर पठाउनु हुदैन रे यस्तो छ रोचक कारण …

 

यात्रा गर्नुपूर्व कयौँ कुरामा ध्यान दिनु आवश्यक हुन्छ । जोतिषिय मान्यता अनुरुप यात्रा गर्नुपूर्व धेरै कुरामा ध्यान दिनुपर्दछ नत्र यात्रा निकै कष्टकर पनि बन्नसक्छ ।

 

जोतिषिय मान्यता अनुसार भर्खरै बिहे भएकी छोरीले बुधबारको दिन माइतबाट घर जानु असुभ हुनसक्छ किनकि चन्द्र यात्राको कारक हुन्छ भने बुध लाभको कारक हुन्छ ।

 

ज्योतिषिय जानकारी अनुसार बुध र चंद्र एकअर्काको शत्रु हुन्छन् जसले गर्दा भर्खरै बिहे भएका महिलाहरुलाई बुधबारको दिन यात्रा गर्दा असुभ हुन्छ ।

 

बुधवार छोरीलाई घर पठाउँदा दुर्घटनाको सम्भावना हुन्छ । यति मात्र नभई छोरीको घरसँगको सम्बन्ध पनि बिग्रिन सक्छ । त्यसैले बुधवारका दिन बुधदेव अनुकूल नहुँदा दुर्घटना वा अनिष्ट हुने सम्भावना बढ्छ ।

 

तर बुधले पैसा तथा व्यापार बढाउन धेरै नै मद्धत गर्छ । त्यसैले बुधवारको दिन यस्ता काम पनि छन् जसलाई गर्द शुभफल मिल्छ । बुधबारको दिन खाता खोल्नु, बीमा गराउनु, पैसाको लेनदेन गर्नु, गोदाममा सामान भित्र्याउनु आदि काम गर्नु शुभ हुन्छ जसबाट व्यक्ति अझ धनी हुनपुग्छ ।

Facebook Comments

                     

अरुपनि