गौरादहमा रबिको समर्थनमा आज ११ बजे बृहत र्याली गरिने, उपस्थित हुन आग्रह


झापा । पत्रकारिता मार्फत देश र जनताका हितमा काम गर्दै आएका चर्चित पत्रकार रबि लामिछानेलाई षडयन्त्र पूर्वक फसाईन लागिएको भन्दै त्यसको खबरदारी गर्न झापाको गौरादहमा पनि बृहत र्याली तथा सभा गरिने भएको छ ।

 

स्थानीय सचेत युवाहरु महेन्द्र भट्टराई, प्रकाश बास्कोटा लगायतका युवाहरुले र्यालीमा सहभागी भई सरकारलाई जनदवाद दिन आग्रह गरेका छन् । भस्ट्रचारी तथा अबैध धन्दा गर्नेहरुको समाचार पर्दाफास गर्ने, दिनदुखीको सेवामा पत्रकारीता मार्फत खटिने पत्रकारलाई जर्वरजस्ती फसाईन खोजिएकोले र्यालीको आयोजना गरिएको हो, प्रकाश बास्कोटा भन्छन्‘ आज ११ बजे बिहान सबै गौरादह बजारमा भेलामा हुनुहोला ।

 

यसैबिच ,संचारकर्मी रवि लामिछानेलाई छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

 

पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन्। प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे। आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो।

 

लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलविरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ। शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो।

रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो। बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो।

पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीनविरुद्ध किटानी जाहेरी दिएकी छन्। पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए।

 

उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।

Facebook Comments

                     

अरुपनि