म अझै १५ वर्ष मर्दिनँ : प्रधानमन्त्री ओली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।   गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु।

 

म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ आफू भोलि सिंगापुर जान लागेको बताउँदै  प्रधानमन्त्री ओलीले भने, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’

Facebook Comments

                     

अरुपनि