स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’ काे नाममा हालियाे
काठमाडौं । विद्यालयको ५ बिघा १ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ। रौतहटको गुजरा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कित्ता नम्बर १३७ को एउटै प्लटको जग्गा २०६७ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले व्यक्तिलाई बाँडेको हो।
सुकुम्बासीका नाममा पुख्र्यौली सम्पत्ति भएका व्यक्तिलाई नै विद्यालयको बाँडेको पाइएको छ। जग्गा सुमित्रादेवी सापकोटा, नवराज खुलाल र पनिलाल चौधरीका नाममा पास गरिएको छ। पनिलालको जग्गा छोरा शंकर चौधरीको नाममा नामसारी भइसकेको छ।

सुमित्रादेवीको नाममा १ बिघा १० कठ्ठा, खुलालको नाममा १० कठ्ठा र चौधरीको नाममा १० कठ्ठा जग्गा मालपोत कार्यालय रौटहटले पास गरिदिएको छ। अरू जग्गा पनि हड्पिएको छ। सुकुम्बासीको नाम लिएर उनीहरूले यो जग्गा अन्य व्यक्तिलाई बेचिसकेका छन्। सुमित्रादेवीको जग्गा कित्ताकाट गरी कित्ता नम्बर ६८० को एक बिघा मकवानपुरका सुशीलप्रसाद सिनुरियालाई बिक्री गरिएको छ भने कित्ता नम्बर ६६१ को १० कठ्ठा जग्गा मुन्नाप्रसाद सिनुरियालाई बेचिएको छ। याे खबर अाजनकाे अन्नपूर्ण पाेस्टमा छ।
अरुपनि
पूर्वराजा शाह पूर्वी तराईको भ्रमणमा निस्कदै
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा जाने भएका छन्। उनी पूर्वरानी कोमल शाहसँग पूर्वी जिल्ला झापाको दमकमा जान लागेका हुन्। शाह आगामी हप्ता
काठमाडौं उपत्यकाको विद्युुतीय तार भूमिगत गरिने
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून
अज्ञात समूहद्वारा दुई वडा कार्यालयमा आगजनी
भोजपुरको दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी
मुलुकलाई दिलाएको सफलता प्रति खेलाडीहरुलाई बधाई : पूर्वराजा शाह
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गर्नु भएको छ । उहाँले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई
आफुलाई `सिद्धबाबा´बताउने गिरीका कर्तुतनै कर्तुत
काठमान्डौ , सोलुखुम्बुको जुबुमा ०३१ साल फागुन १९ मा जन्मेका कृष्णबहादुर गिरी नै अहिलेका बलात्कार अभियोग लागेका कृष्णदास हुन् । उनी केही समय अघिसम्म आफूलाई