आज श्रीकृष्ण जन्माष्टमी, भगवान कृष्णको पूजा गरी मनाइँदै


आज देशभर कृष्ण जन्माष्टमी पर्व धुमधमका साथ मनाइँदैछ । कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो नै लागेको छ ।

 

पाटन कृष्ण मन्दिरमा दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर जाने कार्यक्रम तय भएको छ । हरेक भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्वको अवसरमा श्रद्धालुहरुले आज व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धा भक्तिपूर्वक मनाउँने गर्दछन् ।

 

पाटनको प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारको नवनतधाम, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा मेला लागेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ ।

 

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुज्ने गरिन्छ । आजको दिन देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि श्रद्धालुु भक्तजनहरुको घुइँचो नै लागेको छ ।

Facebook Comments

                     

अरुपनि