नेयमारकाे लागि म्याड्रिडले ३ खेलाडी र १११ मिलियन डलर दिँदा पनि पीएसजीले अस्वीकार गर्याे


एजेन्सी । स्पेनिस क्लब रियाल म्याड्रिडले आफ्नो क्लबमा नेयमार अनुबन्ध गर्न ३ खेलाडी र १११ मिलियन अमेरिकी डलरको प्रस्तावलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अस्वीकार गरेको छ ।

 

 

रियालले नेयमारलाई अनुबन्ध गर्नकाे लागि ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १११ मिलियन अमेरिकी डलरको प्रस्ताव गरेको थियो तर उक्त प्रस्तावलाई पीएसजीले अस्वीकार गरिदिएको छ ।

 

पीएसजीले त्यसअघि बार्सिलोनाको प्रस्तावलाई पनि नकारेको थियो । बार्सिलोनाले नेइमारलाई पुनः क्लब भित्र्याउनका लागि ९३ मिलियन पाउण्ड र फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको थियाे ।

 

पिएसजीले नेइमारका लागि बार्सिलाेनासँग ९३ मिलियन पाउण्ड र कोन्टिन्हो, रेकिटिक र पोर्चुगिज राइट–ब्याक नेल्सन सेमेडो मागेकाे थियाे । अहिले फिलिपे कोउटिन्हो जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्धन भएका छन् ।

 

यससँगै समर ट्रान्सफर सकिने संघारमा रहँदा नेयमारको सरुवा अझै अनिश्चित बनेको छ ।

Facebook Comments

                     

अरुपनि