मेयर चौधरीले भनेका थिए, ‘रवि लामिछानेले हेलमेट लगाउने दिन आउँछ’ (भिडियो)सहित


काठमाडौं । पत्रकारको पेशागत भूमिकाप्रति प्रश्न उठाउँदै सुनसरीको इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले पत्रकारहरुको नाक भाँच्नलाई एक बजेट विनियोजन गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । आफूहरुविरुद्ध सुनियोजित रुपमा केही पत्रकार लागेको र उनीहरुलाई तह लगाउन बजेट नै छुट्टयाएको उनको अभिव्यक्तिले सडकदेखि सदनसम्म ततायो । उनी काठमाडौं आए ।

 

सोही क्रममा विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिने क्रममा उनले पनि कुराकानी गरे । सो क्रममा मेयर चौधरीले पत्रकारको पेशागत भूमिका र जिम्मेवारी निर्वाहप्रति प्रश्न उठाउँदै चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले पनि हेलमेट लगाएर हिँड्ने दिन आउने बताएका थिए ।

 

Facebook Comments

                     

अरुपनि