पूर्व राजा र विप्लव समूहबाट गणतन्त्रमाथि खतरा बढ्यो भन्नु हांस्यास्पद : नेता कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघीयतामाथि खतरा बढेको बताएका छन् ।

 

कम्युनिष्ट समर्थित संस्था जनअधिकार अभियान नेपालले बिराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक यथास्थिति र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले कम्युनिष्टहरु व्यवस्था परिवर्तन या संसदीय व्यस्थाको विकल्प खोज्नेतर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनी समेत दिए ।

 

केही दिन अगाडि बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई लक्षित गर्दै उनले पूर्व राजा र विप्लव समूहबाट गणतन्त्रमाथी खतरा बढ्यो भनेर निष्कर्ष निकालिएको बताए ।

 

विप्लव समूहसँग वार्ता गरेर राजनीतिक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताउँदै उनले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, पूर्व सांसद एकराज भण्डारी लगायतले देशमा अब संसदीय व्यवस्था आवश्यक नरहेको टिप्पणी गरेका थिए ।

Facebook Comments

                     

अरुपनि