सीडीओलाई थप्पड हान्छु भनेर सामाजिक संजालमा कमेन्ट गर्ने पक्राउ

काठमाडौं–सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गाली गलौज गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिम्रनगढ घर भइ श्री कंकाली अटो ट्रेडर्सका सञ्चालक शन्नि कुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

 

गुप्ताले वीरगन्जमा कपडा बैंक खोल्नका लागि सीडीओले असहयोग गरेको भन्ने आशयको स्टाटस मिम वीरगन्जले लेखेपछि त्यसमा सीडीओलाई लक्षित गर्दै कमेन्ट गरेका थिए ।

उनले ‘सेवा गर्नको लाइसेन्स चाहिने त्यो सीडीओलाई थप्पड हान्नु भएन…..?’ भन्दै सामाजिक सञ्जालमा अपाच्य कमेन्ट गरेका थिए । सोही आधारमा उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

                     

अरुपनि