• समाचार

    कमल थापालाई कार्यकर्ताले प्रहरीबाट थुतेर ल्याए

      ओमकार




    २५ चैत – पक्राउ परेका राप्रपा अध्यक्ष कमल थापालाई कार्यकर्ताले प्रहरीको नियन्त्रणबाट थुतेर ल्याएका छन् । राप्रपाले हिन्दु राष्ट्रको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले वरिष्ठ नेताहरुलाई पक्राउ गरेको थियो ।

     

    राप्रपाको प्रदर्शन राजधानीको पद्मोदय मोडमा आइपुग्दा प्रहरीले राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको थियो । तर, प्रहरीले पक्राउ गरेको १० मिनेटमा नै राप्रपा कार्यकर्ताले थापालाई थुतेर ल्याएका थिए ।

     

    हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

     

    शान्तिपूर्ण धर्ना गर्दा प्रहरीले अध्यक्ष थापालाई १० मिनेट नियन्त्रणमा लिएको र प्रदर्शनकारीले अध्यक्षलाई प्रहरी नियन्त्रणबाट छुटाएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।


     

    प्रतिकृया दिनुहोस