• विदेश

    बिहारका कम्युनिष्ट उम्मदेवार– कन्हैया कुमार, जो संग प्रधानमन्त्री मोदि पनि डराउछ्न

      ओमकार



    काठमाडौं – भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावको सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने भएता पनि अन्य दलका पनि केही उम्मेदवार निकै चर्चामा छन्, जसमध्येका एक हुन् बिहारका कम्युनिष्ट उम्मदेवार– कन्हैया कुमार ।

     

    यी हुन् कन्हैयाकुमारको जितका आधार

    कन्हैयाँ कुमारको उम्मेदवारी चयनसँगै यतिबेला भारतीय सञ्चारमाध्यममा बिहार, बेगुसराय र कन्हैयाँ चर्चाको शिखरमा रहेका छन् । उनी बेगुसरायमा उम्मेदवार बन्ने कुराले त्यहाँका धेरै पुराना नेतालाई जाबो फुच्चे केटाले किन रमाइलो गरिरहेको छ भन्ने कुरा लागेको थियो ।

     

    तर जब कन्हैयाँ बिहारका बस्तीबस्तीमा पुगे तब उनका पछिपछि दगुर्ने हुल देखेर फुच्चे केटासँग कपाल फुलेका अङ्कलहरू तर्सन लागेका छन् । जब कन्हैयाँ कुमारले निर्वाचन आचारसंहिता नमिचिने गरी क्राउड फन्ड सङ्कलनमा लागे अनि एकै दिनमा तीस लाखभन्दा बढी सङ्कलन भएपछि उनीहरूले अर्को चक्मा खाए । फन्डमा जम्मा भएको रकममध्ये सय रुपैयाँ सहयोग गर्नेहरू ७० प्रतिशत सङ्ख्यामा थिए ।

     

    उनको अभियानसँग डराएर उनको खाता ह्याक गर्ने अभियान छ । जब गुजरातबाट विधायक जिग्नेस कन्हैयाँको चुनाव प्रचारमा आए अनि हनुमानका अनुमानहरूले फेल खायो । उनलाई चुनाव जिताउन जिग्नेस मात्र आएनन्  बरु भारतीय युवा पुस्ताका चर्चित युवा नेताहरू हार्दिक पटेल, शैला रसिदहरूले खुलेआम कन्हैयाँको पक्षमा क्याम्पेन गरे । आम आदमी पार्टीका अरबिन्द केजरिवाले कन्हैयाँको पक्षामा खुलेर सामाजिक सञ्जालमा मत मागे ।

     

    अनि बीजेपी र मोदीको पसिना छुट्यो

    बगुसराय परम्परागतरुपमा कम्युनिष्ट पार्टीको गढ हो । तर, पछिल्लो समयमा भने भारतीय जनता पार्टीले यो गढ भत्काएर आफ्नो पकडमा लिएको छ । यसपालि भाजपाका भेट्रान उम्मेदवार गिरिराज सिंहसँग कन्हैयाको भिडन्त हुने छ । गिरिराज पूर्वमन्त्रीसमेत हुन् । त्यसो त त्यसो त आरजेडीका तनवइीर हसन पनि प्रतिस्पर्धामा धेरै पछाडि छैनन् ।

    भूमिहार समुदायको हुनु कन्हैयाको प्लस प्वाइन्ट हो । यस क्षेत्रमा भूमिहारको जनसंख्या साढे ४ लाख छ । सीपीआईले उनलाई ‘सन अफ सोयल’ (भूमिपुत्र) भनेर प्रोजेक्ट गरिरहेको छ ।
    अर्को उनको बलियो पक्ष हो राष्ट्रिय छवि । उनी देशले नै आशा गरेका युवा नेता हुन् । खासगरी अल्पसंख्यक र सिमान्तकृत जनताको समुहले उनलाई भरोसा गरिरहेको छ । मुस्लिम समुदायले समेत कन्हैयाप्रति सहानुभूति राख्छन् । तर, आरजेडीले मुस्लिम उम्मेदवार उठाएकाले उनलाई घाटा लाग्नेछ ।

     

    सीपीआई भने कन्हैयाको जितमा ढुक्क देखिएको छ । एक स्थानीय नेता भन्छन्, ‘यस क्षेत्रमा लामो समयपछि हाम्रो पक्षमा उभार आएको छ । हामीसँग प्रतिस्पर्धामा कोही पनि देखिएको छैन ।’
    आर्थिक रुपमा विपन्न भएकाले कन्हैयाले जनसहयोगबाट चुनावी अभियान सञ्चालन गरिरहेका छन् । उनका लागि निर्वाचन आयोगले तोकेको अधिकतम सिमा ७० लाख भारु जम्मा गर्ने अभियान चलिरहेको छ । अहिलेसम्म करिब ३५ लाख संकलन भएको कन्हैयाले इन्डिया टुडेलाई बताएका छन् ।

    भारतमा अतिवादी राजनीति गर्नेहरुले भने कन्हैया कुमारलाई देखि सहन्नन् । हालै हिन्दूवादी कट्टरपन्थी दल शिव सेनाका नेता सञ्जय राउतले एउटा लेख लेख्दै कन्हैयालाई कुनै पनि मूल्यमा हराउनुपर्ने उल्लेख गरेका छन् ।

    यदि कन्हैयाले जितेको खण्डमा भारतीय संविधानको हार हुने समेत राउतको तर्क छ । यतिसम्म कि उनले आवश्यक पर्‍यो भने इलेक्ट्रोनिक भोटिङ मेसिनमा गडबडी गरेर भए पनि हराउनुपर्ने बताएका छन् । यसबाट पनि थाहा हुन्छ कि कट्टरपन्थीहरुमा कन्हैयाको भय कति छ ।

     

    यस्तो छ कन्हैयाकुमारको पृष्ठभुमि
    सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।

    आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।
    अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने ।

     

    आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।


     

    प्रतिकृया दिनुहोस