• देश

    मुख्यमन्त्री राईको आरोप,- संघीय मन्त्री र सचिवले संघीयता सहजीकरण हुन दिएनन्

      ओमकार




    भक्तपुर, २९ चैत । प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले अन्तर प्रदेश परिषद बैठकले निर्णय गरेका २९ बुँदे संघीयता सहजीकरण कार्ययोजना केन्द्रका संघीय मन्त्री र सचिवहरुले कार्यान्वयन हुन नदिएको आरोप लगाउनु भएको छ ।

    शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री राईले २९ बुँदा कार्यान्वयन भएमात्र प्रदेश सरकारले सहज र तीब्र गतिले काम गर्न सक्ने प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीले चाहे पनि संघीय मन्त्री र सचिवहरुले बाधा निम्ताएको उहाँको जिकिर थियो ।

    मुख्य मन्त्री राईले प्रदेश राजधानीको नामाकरण र राजधानीको बिषय बिगतका समयमा केन्द्रले टुँग्याउन नसकेको र हाल प्रदेशको थाप्लोमा भार थोपरी दिएकाले केहि बिलम्ब भएको बताउनुभयो । उहाँले एक नं प्रदेशको नामाकरण र राजधानीको बिषय नयाँ बर्षको पहिलो हप्तामा नै घोषणा गर्ने तयारीमा रहेको राईले बताउनु भयो ।

    आवश्यक कानुन र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जन अपेक्षा अनुरुप काम गर्न नसकेको उहाँको जिकिर थियो । एक बर्ष सम्मको अवधि अनुभवको बर्ष र संघीयताको जग निमार्णको बर्ष रहेको उहाँले बताउनु भयो ।

    मुख्यमन्त्री राईले पछिल्लो समयमा जनप्रतिनिधहरुले बिकासका नाममा गरेका भ्रष्टाचारको बिषय बाहिर आए जस्तै हुन सक्ने भन्दै आफै जनप्रतिनिधिले बजेट बिनियोजन गर्न लगाउने र उपभोत्ता समुहमा आफ्ना नातेदार र स्वयं आफ्नै कम्पनीलाई लाभ मिल्ने गरेको पाईएको र यस्तो कार्य बन्द गर्न प्रदेश सरकार लाग्नु पर्ने बताउनु भयो ।

    पार्टी एकता केन्द्र र प्रदेशमा भईसकेको र जिल्लाहरुमा अध्यक्ष र सचिबको बिषय केहि समयमा मिल्ने र छिटै एकताको सन्देश आउने बताउँदै बाहिर हल्ला चले जस्तो गुट उपगुटका कारण ढिला नभएको पनि उहाँको भनाइ थियो ।


     

    प्रतिकृया दिनुहोस