• समाचार

    बैशाख २ गते हुनेभयो यी पाँच जिल्लामा सार्बजनिक बिदा

      ओमकार



    काठमाडौं २९ चैत । सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।

    गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

    सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए । तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि तीन दिन सम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ । (हेर्नुस् गृह मन्त्रालयकाे सूचना)

    प्रतिकृया दिनुहोस