• देश

    कैलालीको चुरे गाँउपालिकाको भासु भीरमा मानव कंकाल फेला

      ओमकार




    कैलाली । कैलालीको चुरे गाँउपालिकाको भासु भीरमा मानव कंकाल फेला परेको छ । प्रहरीले झण्डै आधा दिनको प्रयासपछि शुक्रबार साँझ भासुको भीरबाट शव निकालेको हो । सडकबाट करिब ५ सय मिटर तल रहेको शब डोरीको सहायताले निकालिएको प्रहरीले जनाएको छ ।

    शरीर कुहिसकेको अवस्थामा फेला परेकोले शवको सनाखत भने हुन सकेको छैन । घट्नास्थलबाट प्रहरीले मोबाइल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले भने, ‘शव पुरानो देखिन्छ, कति पुरानो हो, चिकित्सकले हेरेपछि मात्र भन्न सकिन्छ ।’

    प्रहरी उपरीक्षक तिम्सिनाले फेला परेको मोबाइललाई चार्ज गरेर त्यसको कल डिटेल लिने प्रयास गरिरहेको बताए । बिहीबार साँझ स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि हिजो बिहान फल्टुडेस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक माधव विश्वकर्मा र सशस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।

    दिनभरीको प्रयासपछि साँझ करिब ५ बजेतिर लाश भासु भीरबाट बाहिर निकालेको प्रहरीले जनाएको छ । लाश पोष्टमार्टम र पहिचानका लागि सेती अञ्चल अस्पतालको शब गृहमा राखिएको छ ।


     

    प्रतिकृया दिनुहोस