• देश

    राष्ट्र बैंकले निर्देशिका मिच्दै कर्मचारीलाई खुवायो १ अर्ब ३२ करोड भत्ता

      ओमकार



    काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ मा कर्मचारीलाई तलबभन्दा २२० प्रतिशत बढी भत्ता खुवाएको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्र बैंकले निर्देशिका पालना नगरी भत्ता खुवाएको औल्याएको छ । महालेखा परक्षककोी कार्यालयको ५६ औं प्रतिवेदनमा यस वर्ष कर्मचारीलाई तलब बाहेक १ अर्ब ३२ करोड भत्ता राष्ट्र बैंकले बाँडेको उल्लेख छ ।

    नेपाल सरकारले सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका जारी गरेरै सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय भत्ता, महंगी भत्ता र लुगा भत्ताबाहेक सबै प्रकारको भत्ता खारेज गरेको छ ।

    यो निर्देशिका विपरित राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा सबै कर्मचारीलाई ८ प्रकारको र विशेष समुहको कर्मचारीलाई १९ प्रकारको भत्ता उपलब्ध गराएको प्रतिवेदनले भनेको छ । यो निर्देशिका विपरीत हो । निर्देशिकाको पालना गर्न महालेखाले सुझाव समेत दिएको छ ।


     

    प्रतिकृया दिनुहोस