• देश

    समाजमा उदण्ड फैलाएको कारण पब्जी र पोर्न साइड बन्द गर्नु परेको हो : मन्त्री बास्कोटा

      ओमकार



    बुटवल । सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाल बास्कोटाले पब्जी तथा पाृर्न साइड बन्द गर्नु समाजिक उत्तरदायित्वको रुपमा देखा परेको बताउनु भएको छ । मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले समाजको सामाजस्यतामा नै खलल आएको कारण यस्ता साइडहरु बन्द गर्नु परेको बताउनु भएको हो ।

    समाजको सहयोगी भवनामा समेत असर पुर्याउने गरी खेलिने यस्ता खेल वा साइडहरुले व्यक्तिको स्वतन्त्रता माथि कुनै अपराध नभएको उहाँको भनाई रहेको थियो । पछिल्लो समय यस्ता खेलले समाजलाई उदण्ड तर्फ उन्मूख गरेको भन्दै सरकारले यस्तो निति ल्याएका उहाँको दाबी रहेको छ ।


     

    प्रतिकृया दिनुहोस