• सम–सामयिक

    गाली बेइज्जती गरेको भन्दै पूर्वमन्त्री बाँस्कोटाले गरे मुद्दा दायर

      ओमकार टाईम्स

    काठमाडाैं : आफूमाथि नियोजित रूपमा भुठा लाञ्छना लगाई गाली बेइज्जती गरेको भन्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट दाबी गर्ने विजयप्रकाश मिश्रविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

     

    उनले झूठो लाञ्छना लगाएको भन्दै शुक्रबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन् । बाँस्कोटाका तर्फबाट राजेन्द्र बोगटीले मुद्दा दायर गरेकमा हुन् ।

     

    विभिन्न प्रसङ्गमा आफूले बोलेको विषयलाई आधुनिक प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्देश्यले चरित्रहत्या गरेको मुद्दामा उल्लेख छ । प्रतिवादी मिश्रको कार्य मुलुकी अपराध संहिताको दफा २०५ र ३०६ विपरीत रहेको पनि मुद्दामा जिकिर गरिएको छ ।

    प्रतिकृया दिनुहोस