• देश

    नवनियुक्त भारतीय राजदूत क्वात्रा आज नेपाल आउँदै

      ओमकार टाईम्स

    काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज (आइतबार) नेपाल आउँदैछन् । उनी आफ्नो कार्यकाल सम्हालन आज नेपाल आउन लागेका हुन् ।

     

    नेपालस्थित भारतीय दूतावासका अनुसार नवनियुक्त भारतीय राजदूत क्वात्रा आज बिहान १०ः१५ मा काठमाडौं आइपुग्ने छन् ।

     

    क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।

     

    यसअघि आफ्नो तीन वर्षे कार्यकाल पूरा स्वदेश फर्किएका मञ्जीव सिंह पुरीका ठाउँमा प्रधानमन्त्री नरेन्द्र मोदीले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेका हुन् ।

     

    फ्रान्सबाट फर्किएलगत्तै उनलाई नेपालको राजदूत नियुक्त गरिएको हो ।

     

    सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।

    प्रतिकृया दिनुहोस