• विदेश

    पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

      ओमकार टाईम्स

    एजेन्सी : पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

     

    घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

     

    पाकिस्तानको दक्षिणी शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले सुक्कुर जिल्लाको रोहरी क्षेत्रनजिकैको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।

     

    दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस