• सम–सामयिक

    माइक्रो दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते

      ओमकार टाईम्स

    सिरहा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ गागनखोला नजीक विङ्गर (माइक्रो भ्यान) दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने अन्य २० घाइते भएका छन् ।

     

    हिजो (शनिबार) बेलुका भएको दुर्घटनामा परी घाइते भएका धनुषा महेन्द्र नगरकी ६५ वर्षीय रामरती रामको उपचारको क्रममा आज (आइतबार) विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । घाइतेमध्ये अझै २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

     

    लहानबाट पश्चिम ढल्केवरकोलागि यात्रु बोहेर हिडेको ना. १ ज ६४५८ नम्वरको विङ्गर क्षमताभन्दा बढी यात्रुबोकेको र अत्यधिक गतिका कारण दुर्घटना भएको हो ।

     

    घाइतेमध्य १५ जनाको गोलबजारस्थित भुमिजा हस्पिटलमा उपचार भईरहेको छ भने ३ धनगढीमाई नगरपालिका–७ कसहाको एक निजी क्लिमिनकमा उपचार भइरहेको छ । गम्भीर घाइते २ जनालाई थप उपचारको लागि विराटनगर लगिएको छ ।

     

    घाइतेमध्ये सवैभन्दा बढी मिथिला नगरपालीकाको कुसुम्विसौनाका रहेका छन् । सिरहाका लहानमा धार्मिक अनुष्ठानमा सहभागीहुन आएका ६ जना यो दुर्घटनामा परेको छ ।

     

    क्षमताभन्दा बढी यात्रु बोकेको र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शिले जनाएको छ । १४ जना सिट क्षमता भएको भ्यानमा करिव दोब्बर यात्रु २५ जना बोकिएको थियो । ४ जना समान्य घाइतेरहेका उनीहरु गन्तव्यतर्फ लागिसकेको जनाइएको छ ।

     

    अगाडीको गाडीलाई उच्छिन्ने क्रममा अत्यधिक गतिमा रहेका कारण दुर्घटना भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस