• राजनीति

    नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

      ओमकार टाईम्स


    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

     

    तर  जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।

     

    भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए । उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका छन् ।

     

    प्रचण्डलाई जुत्ता हान्ने व्यक्ति को हुन् ?

     

    जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।

     

    २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

     

    जुत्ता प्रहार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ।

    प्रतिकृया दिनुहोस