• फिचर समाचार

    ओमकार फलोअप : के वालिकालाई प्रदेश नं १ का मुख्यमन्त्री राईले श्रीमती स्वीकार्छन् त ?

      ओमकार टाईम्स

    नेपाली कम्युनिस्ट नेताहरु अबैध यौन काण्डका आरोपमा धमाधम न्यायलय धाइरहेका छन् । जबर्जस्ती करणीको आरोपमा जेल नेल भोगेर भर्खरै बाहिरिएका महराको चिया गफ सेलाउन नपाउदै अर्का कम्युनिस्ट हस्ति प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई निसानामा परेका छन् ।

     

     

    शेरधन राई मेरा पति हुन् । स्वीकार गराइ पाउ भन्ने आसय सहितको मागदाबी सहित दोलखा घर भएकी बालिका खड्काले उनको विरुद्ध सर्वोच्चमा मुद्दा  दायर गरिन । हुनत बालिका खड्काले मुख्यमन्त्री राइलाई आरोप लगाएको नयाँ विषय भने होइन । गत असार महिनामा यो विषयले नेपाली राजनीतिक आकाश निकै तताएको थियो । होहल्ला चलिरहेको बेला राई थाइल्यान्ड  हुँदै सुटुक्क अमेरिका प्रस्थान गरे । भनिन्छ अमेरिका रहदा उनले बैबाहिक जीवनमा बाधिनको लागि गोप्य योजना बनाएका थिए । सुनसरी जिल्लाको इटहरी घर भै हाल अमेरिका बस्दै आएकी एक महिला संग बैबाहिक जीवनमा बाधिनकै लागि उनी गएको सुराकी मिलेपछि पार्टीको माथिल्लो तहमा ठुलै बहस भएको बताइन्छ । बिबाह बिबादास्पद हुन सक्ने बुझेका मुख्यमन्त्री राई चुपचाप नेपाल फर्किएको विश्लेषण राई निकट कार्यकर्ता बिच भाइरल नै भएको थियो ।

     

    हुनत अमेरिकामा रहदा उनले बिबाह गरेनन् भनिएता पनि उनले राई परम्परा अनुसार ती महिला संग बिबाह गरि सकेको हुनसक्ने समेत अनुमान गरिन थालेको छ ।

    बालिकाले मुद्दामा के के लेखाइन्  त ?

     

    – मुख्यमन्त्री राई र म एउटै संगठनमा काम गरेका हौं ।

     

    – घरेलु हिंसा, शारीरिक यातना र यौन शोषण र पटकपटक  दुर्व्यवहारको प्रयास गरे ।

     

    -बारम्बार हामी बिच शारीरिक सम्बन्ध कायम भएको छ । हामी लिभिङ टुगेदरमा बसेकै हौं ।

     

    – राइले बिबाह दर्ता गर्न मानेनन् ।

     

    – मैले उनलाई पति परमेश्वर नै मानेकी छु । पार्टीगत कामको सिलसिलामा भेटघाट बाक्लिदा माया बस्न गएको हो । मुख्यमन्त्री भएपस्चात पनि बिराटनगरमा पटक पटक भेट भएकै हो ।

     

    -विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुर्व्यवहार गर्न कोसिस गरे । त्यो दिनको घटना पछि हामी लोग्ने स्वास्नी हौं’ भनी फकाए ।

     

    -राईले मलाई  २०७२ सालदेखि २०७४ सम्म काठमाडौं बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा डेरामा राखेका हुन् ।

     

    ‘ती अर्धपागल महिला हुन्  तर म उनलाई चिन्दिन’

     

    आफू युवा संघको केन्द्रिय सदस्य हुदा राई लाई पार्टीले इन्चार्ज बनाएर पठाएको बालिका बताउछिन् । एउटै पार्टी र संगठनमा आवद्ध रहेका खड्का र राई बिचको सम्बन्ध पर्दाफास भए संगै मुख्य मन्त्री राई भनें ती महिला को हुन् आफुले नचिनेको र अनावश्यक हल्ला गरिएको बताउछन् । हल्लामा आए जस्तो केही नभएको मुख्यमन्त्री राइको भनाइ छ । उनले ओमकार टाइम्स सग टेलिफोनमा कुरा गर्दै यस्तो टिप्पणी गरे ।

     

    मुद्दा हालेको छ अरे भन्ने सुनेको छु, ती महिलालाई म चिन्दिन, भेटेको पनि छैन, अर्धपागल जस्तो मान्छे  छन् भन्ने सुन्या हो मैले, यो चाहिँ आजको कुरा होइन म सञ्चारमन्त्री भएकै बेला उनले मिडियाहरुमा मेरो बारेमा होहल्ला गरेकी हुन्, ६ वटा मोबाइल नं. प्रयोग गरेर मलाई म्यासेज गर्ने गर्थिन, मैले पुलिसलाई पनि खबर गरेको हुं, आर्थिक नैतिक मामिलामा कहिले पनि नचुकी म यहाँ सम्म आइपुगेको मान्छे हो, मेरो प्रगति हेर्न नचाहने गिरोहले स्क्यान्डल मच्चाएको हो ।

     

    गिरोहले खेल खेल्दै छ, चाडै पर्दाफास हुनेछ

     

    एउटा गिरोह नै आफ्नो बद्नाम गराउन लागिपरेको जानकारी प्राप्त गरि सकेको मुख्यमन्त्री राई बताउँछन् । ‘मलाई एउटा गिरोहले पिछा गर्दैछ । चाडै नै गिरोहको पर्दाफास हुनेछ, खबरहरुमा गिरोहको नाम पहिले नै लेखाइ सकेको छ त ?  राइले सुनाए ।’

     

    यद्यपि नैतिक पतन गराउन कुन त्यस्तो शक्ति लाग्यो त भन्ने सन्दर्भमा उनी केही खुलाउन चाहदैनन् । समय आएपछि आफै उनीहरु सकिनेछन् भनिरहदा उनी कसलाई गिरोह भन्छन् त भन्ने बलियो सवाल तेर्सिएको छ । हुनत राइले बालिका खडकालाई चिन्दिन भनेर अडान लिइरहदा भने यहाँ राई चुकेकै हुन कि भन्ने आशंका समेत गरिन थालिएको छ । एउटै संगठनमा लामो समय काम गरेका व्यक्ति बिच किन परिचय भएन भन्ने अभिव्यक्तिलाई पनि कानुनविदहरुले कमजोर तर्कको रूपमा लिनथालेका छन् ।

     

    शालीन र भद्र स्वाभावकि देखिने बालिका खड्काले सञ्चार माध्यममा आफ्ना भनाइहरु राख्दा निकै भाबुक भएर राख्ने गरेको पाइन्छ भने राइको स्वाभाव आक्रामक र तर्कपुर्ण नदेखिने गरेको विश्लेषकहरु बताउँछन् । आफ्नो राजनीतिक इमान्दारीतालाई सिध्याउने खेलमा एउटा गिरोहले काम गरिरहेको तथ्य राइले सुनाइ रहदा बालिका खड्का पनि आफू कमजोर राजनीतिक खेलाडी होइनन् भन्ने देखाइ सकेकी छिन् । महिला अधिकारकर्मीलाई नै उनले गिरोहको संज्ञा दिएका हुन् त ? भन्ने प्रश्न चिन्ह समेत खडा भएको छ ।

     

    मुख्यमन्त्री जस्तो जिम्मेवार र संवेदनशील पदमा बसेका राइले आफ्नो पदिय हैसियत बारम्बार भुल्ने गरेको देखिन्छ ।कुनै पनि महिलाले म अन्यायमा परें भन्दै न्यायलयको ढोकामा पुग्छिन भनें ती महिला प्रती आक्रोशित हुँदै तत्काल प्रतिक्रिया जनाउदै हिड्नुले उनको कमजोरीलाई नै बढावा दिने आम विश्लेषण हुनथालेको छ ।

     

    मुख्यमन्त्री राई अमेरिका भ्रमणमा रहेको बेला आफू विरुद्ध समाचार लेखेको भन्दै पत्रकार लोकमणि राईलाई अमेरिका मै कुटाएको घटनाले पनि मुख्यमन्त्री राइको इमानदारीता प्रती प्रश्नचिह्न खडा गरेको छ ।  के वालिकालाई मुख्यमन्त्री राईले श्रीमती स्वीकार्छन् त ? अहिले आम सर्वसाधारणको मनमा यस प्रश्नले डेरा जमाएको अबस्था छ ।

    प्रतिकृया दिनुहोस