• विदेश

    मोदीको ‘नाइट ट्वीट’ : सोसल मिडिया एकाउन्ट फेसबूक, ट्वीटर, इन्स्टाग्राम र युट्युब छोड्ने

      ओमकार टाईम्स

    काठमाडाैं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार राति गरेको एउटा ट्वीटले करोडौं ट्वीटर प्रयोगकर्ताहरू अचम्मित भएका छन् ।

     

    राति ९ बजेर ११ मिनेट जाँदा उनले लेखेका थिए, ‘यही आइतवारबाट आफ्नो सोसल मिडिया एकाउन्ट फेसबूक, ट्वीटर, इन्स्टाग्राम र युट्युब छोड्नेबारे सोचिरहेको छु, अगाडि तपाईं सबैलाई जानकारी गराउनेछु ।’

     

    ट्वीटरमा उनको ५ करोड ३३ लाख भन्दा बढी फलोअर छन् भने फेसबूकमा ४ करोड ४० लाख भन्दा बढी फलोअर छन् । इन्स्टाग्राममा मोदीलाई पछ्याउनेहरू लगभग ३ करोड ५२ लाख भन्दा धेरै छन् ।

     

    संसारका धेरै नेताहरू सामाजिक सञ्जालमार्फत असुरक्षित महसुस गर्ने गर्छन् । सुरक्षाकै कारण मोदीले सामाजिक सञ्जाल प्रयोग गर्न छोड्ने निष्कर्षमा पुगेको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले अनुमान गरेका छन् ।

     

    सन् २०१४ बाट भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मोदीले एकपटक पनि पत्रकार सम्मेलन गरेका छैनन् । उनले आफ्ना महत्त्वपूर्ण जानकारीहरू ट्वीटमार्फत सार्वजनिक गर्दै आइरहेका छन् ।

     

    यसले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई एक खालको अन्योलताको सिर्जना गरेको छ ।

    प्रतिकृया दिनुहोस