• स्वास्थ

    कोरोनाभाइरसको आशंकामा टेकु अस्पताल भर्ना भएका चारजनाको रिपोर्ट नेगेटिभ

      ओमकार टाईम्स

    काठमाडौं : कोरोनाभाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।

     

    परीक्षणका क्रममा उनीहरुमा टेकु पुगेका थिए । परीक्षणपछि उनीहरुमा कोरोनाभाइरसको संक्रमण नदेखिएको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले जानकारी दिएका छन् ।

     

    आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो ।

     

    हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोनाभाइरसको आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

    प्रतिकृया दिनुहोस