• देश

    साउदीबाट नेपाल आएका एक नेपालीमा कोरोनाको आशंका

      ओमकार टाईम्स

    काठमाडौं : साउदी अरेबियाबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाभाइरसको आशंका गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

     

    हिजो (मंगलबार) राति ९ बजे साउदीबाट नेपाल फर्किएका सो व्यक्तिको त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले इन्फाइराइड थर्मामिटरबाट जाँच गर्दा उनमा १०० डिग्रीभन्दा बढी तामक्रम देखिएपछि उनलाई विमानस्थलबाट सिधै टेकु अस्पताल रिफर गरिएको हो ।

     

    तापक्रम बढी देखिने वित्तिकै उनलाई तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्स प्रयोग गरी आइसोलेसनका लागि टेकु अस्पताल पठाइएको थियो ।

     

    मंगलबार मात्रै कुवेत र कतारबाट आएका थप दुईजना व्यक्तिमा कोरोनाको आशंका गर्दै हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको थियो ।

    प्रतिकृया दिनुहोस