• सम–सामयिक

    बसलाई उछिन्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      ओमकार टाईम्स

    सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ ।

     

    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई उछिनेर बढ्ने क्रममा को. ४ प २०९८ नम्बरको मोटरसाइल विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर पल्टिँदा बसले किच्न पुगेको थियो

     

    मृत्यु हुनेमा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमान रहेका छन् ।

     

    प्रहरीका अनुसार दुवै मोटरसाइकल एक आपसमा ठोकिएपछि सडकमै लडेका रहमानलाई ना.४ ख ४२६५ नम्बरको यात्रुवाहक वसले किचेको हो । उनको घटनास्थलमै मृत्यु भएको छ ।

     

    बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । घाइतेको गोलबजारस्थित भूमिजा हस्पिटमा उपचार भइरहेको छ ।

     

    बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

     

    यो सातामात्र सिरहामा दर्जनभन्दा बढी दुर्घटना भएकामा ३ दर्जनभनदा बढी घाइते भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस