• सम–सामयिक

    प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाद्वारा विशेष प्रस्ताव पारित

      ओमकार टाईम्स

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

     

    बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासमेत गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

     

    सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया भइरहेको छ ।प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस