• पत्र-पत्रिका

    बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

      पत्रपत्रिका



    काठमाडौँ। बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ ।

    अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

    जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ ।


     

    प्रतिकृया दिनुहोस