• सम–सामयिक

    घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत नर्भिक अस्पताल लगियो

      ओमकार टाईम्स

    गोरखामा जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । बुधबारराति गोरखाको मान्वु धोरर्चेतमा जीप दुर्घटनामा परी गम्भीर घाईते भएकालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी नर्भिक अस्पताल लगिएको हो ।

     

    बिहीबार धार्चे गाउँपालिकाले काशिगाउँमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन बुधबार साँझ नै त्यसतर्फ जानेक्रममा उपप्रमुख फुलमायाँ गुरुङसहित ८ जना सवार बा१च ५५०५ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

     

    दुर्घटनामा परी गम्भीर घाईते भएका ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानीको नर्भिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

     

    दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएका थिए भने काशिगाउँका ६ का वडा सचिव किरण रिमालको घटना स्थलमा मृत्यु भएको थियो । दुर्घटनामा परेका घाईतेहरुको टाउको तथा मेरुदण्डमा गम्भीर चोट देखिएको छ ।

    प्रतिकृया दिनुहोस