• सम–सामयिक

    बलात्कारको आरोपमा १६ वर्षीय किशोर पक्राउ

      ओमकार टाईम्स

    सल्यान — शारदा नगरपालिकाकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मंगलबार राति किशोरलाई घर नजिकैबाट पक्राउ गरेको हो

     

    कक्षा १० मा पढदै आएकी बालिका एसईईको तयारीका लागि बिहानै ट्युसन पढनसँगै गएका किशोरले माघ १२ गते जबरजस्ती बलत्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । किशोरले ज्यान मार्ने धम्की दिएकाले बालिकाले उजुरी दिन नसकेको र घरमा आमालाई भनेपछि पीडित परिवारले जाहेरी दिएपछि मात्र बलात्कारका आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

     

    आरोपी १६ वर्षीय किशोरलाई बुधबार जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरेर प्रहरी कार्यालयको निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको ओलीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस