• देश

    नेपालले कुनै पनि देशका हवाइ उडान बन्द नगर्ने

      ओमकार टाईम्स

    काठमाण्डाै – नेपालले तत्कालै कुनै पनि हवाइ उडानमा प्रतिबन्ध नलगाउने भएको छ ।

     

    कोरोना भाइरसको रोकथाम र पूर्व तयारीको लागि कोरोना प्रभावित देशमा हुने उडान रोक्न माग भैरहेका बेला सरकारले भने एअरलाइन्स कम्पनीले नै उडान कटौती गरेकाले अहिले उडान रोक्न आदेश दिनु नपर्ने जनाएको छ ।

     

    कोरोनाको रोकथाम र पूर्व तयारीबारे हवाइ कम्पनी नै जिम्मेवार भैरहेको र उनिहरुले नै उडान कटौती गरेकाले नेपालले उडान रोक्न नभनेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

     

    अहिले विश्वका कुनै पनि देशले आदेश दिएर हवाइ उडान नरोकेको भन्दै महानिर्देशक पोख्रेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका कतिपय नियमका कारण पनि नेपालले उडान प्रतिबन्ध लगाउन नसक्ने बताउनुभयो ।

     

    कोरोना प्रभावित देशमा हुने उडानमा निकै कटौती  भएको विमानस्थले जनाएको छ । चीनमा हप्तामा ७० वटासम्म उडान हुँदै आएकोमा अहिले एअर चाइना र चाइना इस्टर्नले हप्तामा १२ वटा उडान गर्दै आइरहेका छन् ।

     

    एक महिनाअघिसम्म दैनिक ९० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा अहिले विमानस्थलबाट दैनिक जम्मा ४५ देखि ५० वटा मात्रै अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।

    प्रतिकृया दिनुहोस