• समाचार

    राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेताकार्यकर्ता प्रहरीको नियन्त्रणमा

      ओमकार




    काठमाडौँ । सरकारी जग्गालाई भु – माफियाले कब्जा गरेको भन्दै बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलमा नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरुको पछाडी रहेको सरकारी जग्गा भुमाफियाको कब्जामा परेको भन्दै बालुवाटारको १ सय १४ रोपनी जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्जल थापा सहित दर्जनबढी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई समेत विक्री गरिएपछि त्यसको विरोधमा विवेशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित प्रदर्शनमा उत्रिएका थिए । विरोधको क्रममा प्रहरीले निषेधित क्षेत्र भनी राखेको ठाँउमा प्रदर्शन गर्न खोजेपनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले नेता तथा कार्यकर्तालाई नियन्त्रणमा एिपछि सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउनु पर्ने नागरिकको हक भएको र प्रहरीले सो अधिकारमाथि हनन् गरेको भन्दै चर्को नाराबाजी समेत गरेका थिए ।


     

    प्रतिकृया दिनुहोस