• राजनीति

    नेकपा नेता नेपाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

      ओमकार टाईम्स

    काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए ।

     

    भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस