• सम–सामयिक

    फरार २ जना अभियुक्त पक्राउ

      ओमकार टाईम्स


    हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका २ अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।

     

    हातहतियार खरखजाना मुद्दामा अदालतबाट ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो ।

     

    इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घरबाटै कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

     

    यस्तै, चोरी मुद्दामा १८ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– निवासी २२ वर्षीय सरोजकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

     

    पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको । रासस

    प्रतिकृया दिनुहोस