• स्वास्थ

    नेपालमा ६ महिनासम्म पुग्ने औषधी छ : संघ

      ओमकार टाईम्स


    काठमाण्डाै – नेपालमा ६ महिनासम्म पुग्ने औषधि रहेको नेपाल औषधी उत्पादक संघले जनाएको छ ।

     

    भारतले २६ प्रकारका औषधी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधी अभाव हुने अनुमान गरिएपछि ६ महिनासम्म पुग्ने औषधी नेपालसँग रहेको संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले बताउनु भएको हो ।

     

    गएको जनवरी महिनामा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको पनि उहाँले बताउनुभयो । नेपाल औषधी व्यवसायी संघले पनि प्रेस विज्ञप्ति निकालेर ३ महिनाको लागि औषधी मौज्दात छ भनेकोले ६ महिनासम्म आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

     

    संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताउनुभयो । अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस