• समाचार

    पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा ८० जना नेपाली र बिदेशी पक्राउ

     

    पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् ।

    वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई पक्राउ गरेको हो ।

    पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा टान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

    द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई बैदाम चौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथि छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस