• देश

    कालोबजारी गर्नेलाई कारबाही : गृहमन्त्री

      ओमकार टाईम्स

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना संक्रमणको त्रास देखाउँदै दैनिक उपभोग्य सामग्री तथा मास्क खरिद बिक्रीमा कालोबजारी गर्नेविरुद्ध सशक्त कारबाही सञ्चालन गर्न निर्देशन दिएका छन् ।

     

    कोरोना भाइरसको प्रभाव न्यूनीकरण तथा पूर्वतयारी सहजीकरण समितिका अध्यक्षसमेत रहेका मन्त्री थापाले शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा सम्बद्ध मन्त्रालयका पदाधिकारी र सुरक्षा अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

     

    बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत विभिन्न मन्त्रायका प्रतिनिधि सहभागी थिए । (गोरखापत्रबाट)

    प्रतिकृया दिनुहोस