• सम–सामयिक

    डीआईजी सुब्बाले दिए राजीनामा

      ओमकार टाईम्स

    नेपाल प्रहरीका प्राविधिकतर्फका डीआईजी डा. राजीव सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमार्फत राजीनामा वुझाएका छन् ।

     

    २५ वर्षदेखि प्रहरी सेवामा कार्यरत सुब्बा ४ वर्षदेखि डीआईजी पदमा थिए । प्राविधिकतर्फ एआईजीको दरबन्दी नभएको प्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

     

    आईजी ठाकुर ज्ञवाली र पूर्वआईजी सर्वेन्द्र खनाल पनि उनीभन्दा जुनियर हुन् ।

     

    आफूभन्दा जुनियर आशा सिंहसमेत एआईजी बनेपछि उनी संगठनको नेतृत्वप्रति असन्तुष्ट थिए । उनको राजीनामा दर्ता भए पनि स्वीकृत भने भइनसकेको गृह मन्त्रालय स्राेतले बताएको छ ।

    प्रतिकृया दिनुहोस