• सम–सामयिक

    गाउँपालिकाकी उपाध्यक्ष माथि हातपात

      ओमकार टाईम्स

    वीरगन्ज : बाराको विश्रामपुर गाउँपालिकाकी उपाध्यक्ष सुमित्रादेवी साह तेलीमाथि हातपात भएको छ ।

     

    उक्त गाउँपालिका अध्यक्ष अमिरीलाल राउत पाल र उपाध्यक्ष तेलीबीच लामो समयदेखि आपसी विवाद हुँदै आएको थियो ।

     

    उपाध्यक्ष साहमाथि गाउँपालिका अध्यक्षका आफन्त भतिजो निरन्जन पाल, सन्तोष र राजगुरु लगायतका व्यक्तिले हातपात तथा दुव्र्यवहार गरेपछि शुक्रबार गाउँपालिका कार्यालय तनावपूर्ण बनेको थियो ।

     

    अध्यक्ष पालले आफ्ना भाईभतिजो लगाएर उपाध्यक्ष साहलाई न्यायिक समितिमा बसिरहेको बेला हातपात गर्नुका साथै दुई घण्टा समितिको कोठामा समेत थुनेको पिडित साहका श्रीमान भोला साह तेलीले बताए ।

     

    उपाध्यक्ष माथि हातपात गर्नुका साथै गाली गलौज गर्दैै उनकै कार्यकक्षमा अध्यक्ष र उनका आफन्तहरुले थुनेको थाहा पाएपछि गाउँपालिकामा स्थानिय सहित प्रहरी र वडा नम्बर ४ का वडा अध्यक्ष मदन प्रसाद यादव घटनास्थल पुगेर थुना मुक्त गराएका थिए ।

     

    घटनामा संलग्न तीनैजनालाई प्रहरीले पक्राउ गरेपनि गाउँपालिकाका बोर्ड सदस्य र अध्यक्ष पालले शनिबार गाउँपालिकाको कार्यालयमा बसेर समस्या समाधान गर्ने भन्दै पक्राउ परेका छुटेका छन् ।

    प्रतिकृया दिनुहोस