• सम–सामयिक

    धरानमा बजार अनुगमन, लुकाएर राखेको अवस्थामा १९ सय माक्स फेला

      ओमकार टाईम्स

    कोरोना भाइरसका कारण बजारमा कृतिम अभाव गराई व्यापारीहरुले कालोबजारी गर्ने आशंकामा धरानमा बजार अनुगमन भएको छ ।

     

    विश्व स्वास्थ संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको बताएसंगै नेपाल सरकारले सभा सम्मेलन नगर्न तथा भिडभाडमा नजान सुचना जारी गरीरहदाँ मानिहरुले खाद्य तथा उपभोग्य बस्तुहरुको सञ्चय गर्न थालेसंगै बजारमा खाद्य तथा उपभोग्य बस्तुहरुको अभाव भएको हल्ला बढेपछि आज धरानका विभिन्न बजार क्षेत्रमा अनुगमान गरिएकाे छ ।

     

    उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वकाे टाेलीले धरानका विभिन्न ग्याँस डिलर, भाटभटेनी सुपर मार्केट र पेट्रोल पम्पलगायतका विभिन्न उपभाेग्य तथा खाद्य बस्तुकाे विक्री गर्ने पसलहरूका साथै औषधी पसलहरूमा पनि अनुगमन गरिएकाे थियाे ।

     

    अनुगमनका क्रममा बजारमा कुनै पनि प्रकारकाे अभाव नदेखिए पनि सर्वसाधरणहरूमा अफवाका कारणा डर पैदा भएकाले अवश्यक बस्तुहरूकाे संञ्चय गर्न थालेपिछ माग भने बडेकाे भेटिएकाे उपमेयर भण्डारीले बताइन् । उनले कोरोनाका कारण बजारमा आवश्कीय वस्तुको अभाव हुने अफवा फैलाएर व्यापारीहरुले कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने आसंकामा बजारको अवस्थाको बारेमा जानकारी लिन पनि अनुगमन गरिएको जानकारी दिएकी छिन् । उनले भनिन् ” मानिसहरूमा अफवा फैलिएकाे छ त्यकारणले पनि बजारमा माग बढिरहेकाे छ । हामीलाई अफवा फैलाएर व्यापारीहरूले कालाेबजारी गरिराखेकाे जनगुनासाे आएपछि आज के रहेछ भनेर अनुगमन गरेका हाै । बजामा हल्ला जस्ताे अभाव छैन । ”

     

    उपमेयर भण्डारीले खाद्य बस्तुमा कुनै अभाव नदेखिएकाे बताउदै हल्लाका भरमा मानिसहरूले अवश्यक भन्दा धेरै खरिद गर्नाले भने अभाव सिर्जना हुनसक्ने भन्दै तेल, चिनी, नुन जस्ता बस्तुहरू प्रतिव्याक्ती २ किलाेका दरले मात्र विक्री गर्न व्यापारीहरूलाई सुझाएकाे बताएकी छिन् ।

     

    अनुगमनका क्रममा धरान १८ स्थिती गर्जिया फर्माले लुकाएर राखोको अवस्थामा एक कार्टुन( १९ सय) माक्स फेला परेकाे थियाे । फर्माका सञ्चालक र कर्मचारीले करिब डेढ महिनादेखि सप्लायर्सबाट नै नआएको भन्दै आफुहरुसँग पनि एउटा पिस पनि बताइरहदाँ अनुगमन टोली गोदामभित्रबाट उक्त मक्स फेला परेकाे थियाे । मक्सलाई टोलीले मुचुकल्का उठाएर जफत गरेकाे छ। त्यस्तै काेशी ग्यासकाे डिलर बन्द रहकाे र सुविधा ग्यास प्रति सिलीन्डर १५ सयमा विक्री भइरहकाे भेटिएकाे भण्डारीले जानकारी दिएकी छिन् ।

    प्रतिकृया दिनुहोस