• विदेश

    चीनमा कोरोना संक्रमित राखेको क्वारेन्टाइन भवन भत्कियो

      ओमकार टाईम्स

    चीनमा कोरोना भाइरसका संक्रमितलाई राख्नका लागि बनाइएको एउटा पाँचतले क्वारेन्टाइन भवन भत्किदा करिब २२ जना फसेका छन् ।

     

     

    चीनको क्वानझोऊमा रहेको क्वारेन्टाइनका रूपमा विकास गरिएको पाँचतले सिन्जा होटल भत्किएको हो । भत्किएको होटलमा फसेका ७० जनामध्ये ४७ जनालाई उद्दार गरिएको छ भने अन्यको उद्दार प्रयास जारी रहेको छ ।

     

    फुजियानको दक्षिणी प्रान्तमा रहेको सुविधासम्पन्न पाँचतले सो भवन भत्किनुको कारण भने खुल्न सकेको छैन । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी चीन प्रभावित बनेको छ ।

     

    चीनमा मात्र कोरोना भाइरसका कारण ३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण विश्वभर ३ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार ९ सय ८१ जना संक्रमित बनेका छन् । संक्रमितमध्ये ५९ हजार ९ सय ३४ जना उपचारपछि निको भएका छन् ।

    प्रतिकृया दिनुहोस